काठमाडौं । जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ।

भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।

advertisement

निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन्।

जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो। सरकारले ६.७ म्याग्नीच्यूडको भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ। यद्यपि भूकम्पपछि सुनामीको कुनै पनि खतरा नभएको मौसमविद्हरूले जानकारी गराएका छन्।

भूकम्प स्थानीय समयअनुसार राति ८ः२२ बजे गएको र भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा ४३ किलोमिटर गहिराईमा रहेकोे जनाइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले सुरुमा ६.६ माग्निच्युडको भूकम्प गएको बताएको थियो।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com