काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया