काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट एक महिला कैदी फरार भएकी छन्। फरार हुनेमा २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रवीण धिताल का अनुसार शुक्रबार बिहान करिब १:३० बजे उनले कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी हुन्।

advertisement

नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय सुनाएको थियो। कारागार प्रशासनका अनुसार उनले भवनको झ्यालबाट चढ्दै पर्खाल पार गरेर भाग्न सफल भएकी हुन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी शैलेश न्यौपाने सँग रहेको छ। यसअघि पनि २०८२ फागुन १ गते सोही कारागारस्थित महिला बन्दी गृहमा झडप भएको थियो। हाल उक्त बन्दी गृहमा ३ सयभन्दा बढी महिला कैदीबन्दी राखिएका छन्।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com