काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार फेरि आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका छन्। यसअघि सेतो सर्ट लगाएको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो।

यसपटक भने उनले तस्बिरमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत याक चिज सेवन गरिरहेको तस्बिर सार्वजनिक गरेका हुन्।

advertisement

उक्त चिज दुग्ध विकास संस्थान (डीडीसी) द्वारा उत्पादन गरिएको हो। डीडीसीले मुख्यतया उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ।

संस्थानका विभिन्न उत्पादन केन्द्रमार्फत वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com