पोखरा । फेवातालमा कायकिङ गर्दै गरेका दुई आन्तरिक पर्यटकलाई अचानक आएको हावाहुरीका कारण उत्पन्न जोखिमबाट सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–६, पामे क्षेत्रमा आज साँझ करिब ४:३५ बजेतिर काठमाडौँको सिनामंगल निवासी ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरी तालको बीच भागमा कायकिङ गरिरहेका बेला मौसम एक्कासि प्रतिकूल बनेको थियो। तीव्र हावाहुरीका कारण उनीहरू किनारामा फर्किन नसकी बीचमै अलपत्र परेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर, कालिका कास्की अन्तर्गत फेवा रेस्क्यू टावरमा खटिएको १० सदस्यीय टोली तत्काल उद्धारमा परिचालित भएको थियो। उद्धारकर्ताहरूले जोखिमपूर्ण मौसमबीच साहसिक प्रयास गर्दै दुवै जनालाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्।

उद्धारपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको र दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

अचानक बिग्रिने मौसमका बीच उद्धार टोलीको तीव्र सक्रियता र व्यावसायिक दक्षताले सम्भावित दुर्घटना टरेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com