काठमाडौँ । पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार २९ जना सवारीचालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु ४ लाख १७ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ जना र तीव्र गतिमा सवारी चलाउने २०८ जना रहेका छन्।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना र एकतर्फी सडकमा सवारी चलाउने १२६ जना पनि कारबाहीमा परेका छन्।
अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार १३९ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया