काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख नेताको रहस्यमय निधनले देशलाई ठूलो अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

advertisement

मदन भण्डारीलाई उनले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा सिद्धान्तकारका रूपमा चित्रण गर्दै ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको बताएका छन्। विश्व कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको समयमा भण्डारीको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई सशक्त र लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

त्यसैगरी जीवराज आश्रितले पार्टी संगठन, विधि र पद्धति निर्माणमा पुर्‍याएको योगदानलाई पनि उनले विशेष रूपमा स्मरण गरेका छन्।

सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवाद विरुद्धको संघर्ष निरन्तर जारी रहने बताएका छन्। उनले जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com