काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी जेठ ५ र ६ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।

उनलाई चिनियाँ राष्ट्रपतिसी जिनपिङले औपचारिक निमन्त्रणा दिएका हुन्।

advertisement

रुसले यो भ्रमणलाई दुई देशबीच सम्पन्न मैत्री, सद्भाव र पारस्परिक सहकार्यसम्बन्धी सम्झौताको २५औँ वार्षिकोत्सवसँग जोडेर हेरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमण सम्पन्न भएको केही समयमै पुटिन चीन जान लागेकाले यस भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

क्रेमलिनद्वारा जारी वक्तव्यअनुसार भ्रमणका क्रममा पुटिन र सी जिनपिङबीच रुस–चीन व्यापक साझेदारी, रणनीतिक सहकार्य तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थाबारे विस्तृत विचारविमर्श हुनेछ।

दुवै नेताबीचको वार्तापछि संयुक्त वक्तव्य जारी गर्ने तयारी पनि गरिएको जनाइएको छ।

पश्चिमा मुलुकहरूले रुसी तेल तथा प्राकृतिक ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको प्रमुख आर्थिक साझेदारका रूपमा स्थापित भएको छ।

पछिल्ला वर्षहरूमा दुवै देशबीच व्यापार, ऊर्जा तथा रणनीतिक सहकार्य अझ विस्तार हुँदै गएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com