काठमाडौं। चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवादका क्रममा एक व्यक्तिको मृत्यु भएको छ।

महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीच भएको विवादपछि घटना भएको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार भिनाजु समीले सालो मन्सुरीसँग राति घरायसी विषयमा विवाद चर्किएपछि चक्कु प्रहार गरेका थिए। सोही प्रहारबाट मन्सुरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनापछि अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ।

मृतक मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com