काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले विशेष महाधिवेशनका कारण पार्टी चुनावमा कमजोर बनेर ३८ सिटमा खुम्चिनुपरेको टिप्पणी गरेका छन्।
कर्णाली प्रदेशले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
पूर्णबहादुर खड्का ले विशेष महाधिवेशनका कारण पार्टीको चुनावी परिणाममा प्रत्यक्ष असर परेको दाबी गर्दै भने, उक्त निर्णयले कांग्रेसलाई ३८ सिटमा सीमित गराएको र राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको उनको भनाइ छ। त्यसो नभएको भए देशको राजनीतिक परिस्थिति फरक हुने उनले उल्लेख गरे।
उनका अनुसार आन्तरिक निर्णय प्रक्रिया र संगठनात्मक कमजोरीका कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको निष्कर्ष निकालिएको छ।
यसै सन्दर्भमा खड्काले पार्टीभित्र आत्मसमीक्षा र एकतामा जोड दिँदै आगामी कार्यदिशा स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाली कांग्रेसभित्र पछिल्लो समय चुनावी परिणाम र संगठनात्मक संरचनाबारे विभिन्न तहमा समीक्षा तथा बहस जारी रहेको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया