काठमाडौं । नेपाली क्रिकेट क्षेत्रका अनुभवी अम्पायर भास्कर अर्यालको आइतबार निधन भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै अर्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। सङ्घले स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ।
साथै, क्यानले शोकसन्तप्त परिवारजन, आफन्त तथा समग्र नेपाली क्रिकेट समुदायप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया