काठमाडौं । धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

advertisement

दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए ।

दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com