काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन्।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनयन गरेका हुन्।

advertisement

मनोनीत हुने विषय विज्ञ सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com