काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणमाथि निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहले गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको उल्लेख गर्दै त्यसबारे तत्काल गम्भीर अनुसन्धान हुनुपर्ने बताए।

advertisement

उनले जनस्तरमा सम्बन्धित आयोगले पूर्वगृहमन्त्रीलाई जोगाउन वा सफाइ दिन खोजिरहेको भन्ने आशंका र चर्चा व्यापक रूपमा फैलिएको पनि बताए।

शाहले कुनै पनि उच्च पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि नहुने स्पष्ट पार्दै छानबिन प्रक्रिया कुनै दबाब वा प्रभावमा नपरी निष्पक्ष ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले प्रतिनिधिसभा जनविश्वासको प्रमुख आधार भएको उल्लेख गर्दै आयोगका गतिविधिमाथि निगरानी राख्न तथा पूर्वगृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय, पारदर्शी र निष्पक्ष छानबिन सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com