काठमाडौं। विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
स्विट्जरल्याण्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालय परिसर पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाल उपाध्यक्ष पदमा चयन भएको हो।
नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
महासभाको सोही सत्रमा नेपालका तर्फबाट मन्त्री निशा मेहता ले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया