काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

advertisement

उनका अनुसार आजको बैठकले मुख्य रूपमा भण्डारीलाई सदस्यता दिने निर्णय मात्र गरेको हो। अन्य विभिन्न विषयमा छलफल भए पनि ती विषयमा निर्णय हुन बाँकी रहेको उनले बताए। साथै, अर्को सचिवालय बैठक जेठ ८ गते बस्ने तय गरिएको छ।

यसअघि गत वर्ष साउनको पहिलो साता एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेतृत्वमा आउने संकेत देखिएपछि अध्यक्ष ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए, जसलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले समर्थन गरेका थिए।

यसैबीच, आइतबार आयोजित मदन स्मृति दिवसको कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com