काठमाडौं । नेपाल प्रहरीको विभिन्न चरणका परीक्षामा उत्तीर्ण गराई जागिर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–१ गुराँसेका ३० वर्षीय लक्ष्मण बिक रहेका छन्। उनले विभिन्न व्यक्तिहरूलाई प्रहरीमा भर्ना गराइदिने आश्वासन दिँदै रकम माग गरी ठगी गरेको प्रहरीले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका विकमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरिएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com