काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ।
मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासामाथि डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।
उक्त प्रस्ताव गत ३१ वैशाखमा अर्थमन्त्री वाग्लेले सदनमा प्रस्तुत गरेका थिए भने यसमाथिको छलफल सोमबारदेखि सुरु भएको थियो।
त्यसैगरी, राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने तय भएको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया