काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले १२ किलो लागुऔषध ‘पोल्याण्ड’ बरामद गरेको छ ।
मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पेस्तोल र एयरगनसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गाँजालाई प्रशोधन गरी धुलो बनाएर चुरोटमा राखेर सेवन गरिने पदार्थलाई ‘पोल्याण्ड’ भनिन्छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा उनीहरूको साथबाट हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ ।
बौद्धस्थित जबमुडाँडाको फोहोरमैला संकलन केन्द्रमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक थान एयरगन बरामद गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया