एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ ले पश्चिम एसियाको अवस्था निर्णायक मोडमा पुगेको बताएका छन् । त्यहाँको अवस्था अब युद्धबाट शान्तिपूर्ण सङ्क्रमणको चरणमा रहेको उनले बताए ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यो द्वन्द्वको अन्त्य गर्नु अत्यन्त जरुरी भएको बताएका छन् । युद्धको पुनः सुरुवात अस्वीकार्य रहेको उनको भनाइ छ ।
‘मसँग पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्न र प्रवर्द्धन गर्न ४ बुँदे प्रस्ताव छ । यसले अन्तर्राष्ट्रिय सहमतिलाई बलियो बनाउनेछ, तनाव घटाउनेछ, द्वन्द्व कम गर्नेछ र शान्तिलाई प्रवर्द्धन गर्नेछ ।’ सी जिनपिङको भनाइ उद्धृत गर्दै चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले समाचारमा भनेको छ ।
सीको ४ बुँदे प्रस्ताव गत महिना अबुधाबीका युवराजसँगको भेटमा प्रस्तुत गरिएको थियो । यसले शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रिय सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुनको सम्मान, विकास र सुरक्षा बिचको समन्वित दृष्टिकोणमा जोड दिएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया