एजेन्सी ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ ले पश्चिम एसियाको अवस्था निर्णायक मोडमा पुगेको बताएका छन् । त्यहाँको अवस्था अब युद्धबाट शान्तिपूर्ण सङ्क्रमणको चरणमा रहेको उनले बताए ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले यो द्वन्द्वको अन्त्य गर्नु अत्यन्त जरुरी भएको बताएका छन् । युद्धको पुनः सुरुवात अस्वीकार्य रहेको उनको भनाइ छ ।

advertisement

‘मसँग पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्न र प्रवर्द्धन गर्न ४ बुँदे प्रस्ताव छ । यसले अन्तर्राष्ट्रिय सहमतिलाई बलियो बनाउनेछ, तनाव घटाउनेछ, द्वन्द्व कम गर्नेछ र शान्तिलाई प्रवर्द्धन गर्नेछ ।’ सी जिनपिङको भनाइ उद्धृत गर्दै चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले समाचारमा भनेको छ ।

सीको ४ बुँदे प्रस्ताव गत महिना अबुधाबीका युवराजसँगको भेटमा प्रस्तुत गरिएको थियो । यसले शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रिय सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुनको सम्मान, विकास र सुरक्षा बिचको समन्वित दृष्टिकोणमा जोड दिएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com