काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रम संस्कृति पार्टीले पुनः विरोध जनाएको छ ।

पार्टीका सांसदहरूले पर्चा बोकेर सदनमा विरोध प्रदर्शन गरेका हुन् ।

advertisement

बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए ।

सांसदहरूले हातमा पर्चा लिएर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए ।

श्रम संस्कृति पार्टीले पछिल्ला केही दिनयता प्रतिनिधिसभामा निरन्तर विरोध जनाउँदै आएको छ ।

पार्टीले विभिन्न समसामयिक विषय उठाउँदै सरकारप्रति असन्तुष्टि व्यक्त गरिरहेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com