काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण तत्काल सुरु गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद खत्रीले सहिदको सम्मान केवल औपचारिकतामा सीमित नभई व्यवहारिक रूपमा पनि देखिनुपर्ने बताइन् ।
उनले सहिदहरूको बलिदान र घाइतेहरूको पीडालाई राज्यले सम्मान र न्याय दुवैका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
खत्रीले संसद् भवन जस्तो संवेदनशील स्थान अगाडि नै जेनजी सहिदको स्मृति स्वरूप सालिक निर्माण गरेर उनीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्नुपर्ने धारणा राखिन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया