काठमाडौं । रचना खतिवडा खत्रीले संसद भवनअगाडि जेनजी शहीदहरूको सालिक यथाशीघ्र निर्माण गर्न माग गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै शहीदप्रति केवल औपचारिक सम्मानले मात्र नपुग्ने भन्दै व्यवहारिक रूपमा पनि न्याय सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘संसद भवनअगाडि शहीदहरूको सालिक तुरुन्त निर्माण गरियोस्। सम्मान मात्रै होइन, व्यवहारिक रूपमा पनि न्याय दिलाइनुपर्छ।’
यसैक्रममा उनले सरकारलाई प्रश्न गर्ने अधिकारबारे पनि जिज्ञासा व्यक्त गरिन्। ‘के सरकारलाई प्रश्न सोध्न नपाउने हो ? ‘डाडु पन्यू’ सरकारकै हातमा छ भनेर भनिन्छ भने त्यसो हो भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?’ उनले भनिन्।
सांसद खतिवडा जेनजी शहीद रसिक खतिवडा की आमा समेत हुन्।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया