काठमाडौं। नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले प्रतिनिधिसभामा सत्तारुढ दलका सांसदहरूबाट आफूहरूलाई हेप्ने र अमानवीय व्यवहार हुने गरेको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाट पुराना दलका सांसदहरूप्रति होच्याउने व्यवहार हुने गरेको दाबी गरिन् ।
उनले संसद्भित्र सबै सांसदको हैसियत समान भए पनि व्यवहारमा विभेद देखिएको भन्दै आपत्ति जनाइन् ।
बरालले आफूहरू संसद्मा जनताका मुद्दा उठाउन आएको बताउँदै दलगत आधारमा हुने व्यवहार स्वीकार्य नहुने स्पष्ट पारिन् ।
उनले सत्तापक्षका सांसदहरूले प्रयोग गर्ने अशिष्ट शब्दहरू रेकर्डबाट हटाइने भए पनि आफ्ना दलका सांसदहरूका कुरा मात्र लक्षित रूपमा हटाइने गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।
उनले सभामुखले विपक्षी दलका सांसदका अभिव्यक्तिप्रति तत्काल ध्यान दिने तर सत्तापक्षका सांसदका आपत्तिजनक भनाइमा समान व्यवहार नहुने आरोप समेत लगाइन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया