काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिनिधिसभामा दुई वटा विधेयक प्रस्तुत गरिएको छ। उक्त विधेयकहरू सोबिता गौतमले संसद्मा पेश गरेकी हुन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ पेश गरिएको हो।
यससँगै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि संसद्मा दर्ता तथा प्रस्तुत गरिएको छ।
बैठकको कार्यसूची सम्पन्न भएपछि प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया