काठमाडौं। सिंहदरबारस्थित निर्माणाधीन प्रतिनिधि सभा भवनको नयाँ हल अन्तिम चरणमा पुगेको छ।
आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको छ।
निर्माण पक्षका अनुसार हाल हलभित्र साउन्ड सिस्टम जडान, क्यामरा सेटअप, कुर्सी व्यवस्थापन तथा बत्ती जडानजस्ता अन्तिम कामहरू तीव्र गतिमा भइरहेको छ।
पटक–पटक म्याद थपिँदै ढिलाइ हुँदै आएको परियोजना अहिले बजेट भाषणलाई लक्षित गर्दै तीव्र रूपमा अघि बढाइएको हो।
निर्माण पूरा नहुँदासम्म प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ।
नयाँ सभा कक्ष नयाँ हल तयार भएपछि नियमित संसद् बैठक पनि यही हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी















प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया