काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नराखेको बताएका छन् ।

advertisement

उनले संविधानले नै प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुनै पनि अवस्थामा कुण्ठित गर्न नसकिने बताए ।

तर, मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता “स्वच्छन्दता” नभएको भन्दै पत्रकारिताले आफ्नो मर्यादा, गरिमा र सीमा कायम राख्नुपर्नेमा जोड दिए ।

उनले भने, “प्रेस स्वतन्त्रताको अधिकार संविधानले दिएको हो।

आज, भोलि र पर्सी कसैले यो अधिकार कुण्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वच्छन्दता भने हुँदैन।

प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ।”

उनका अनुसार प्रेसले आफ्नो जिम्मेवारी र मर्यादा कायम राख्दै काम गर्दा सरकारको हस्तक्षेप आवश्यक नपर्ने अवस्था सिर्जना हुन्छ ।

मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए ।

साथै, मन्त्रालयसँग सम्बन्धित नीति तथा बजेटका प्राथमिकताबारे उठाइएका सुझावलाई सरकारले गम्भीर रूपमा लिने उनले विश्वास दिलाए ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com