काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति पद का लागि प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार कुल २१८ वटा आवेदन प्राप्त भएका छन् ।
सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेका छन् ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन प्राप्त भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयमा २७ वटा आवेदन परेको मन्त्रालयले जनाएको छ ।
आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब उपकुलपति छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने भएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया