काठमाडौं । इरानको एक कारागारमा बन्दी जीवन बितारहेका नेपाली युवा अमृत झाको रिहाइका लागि ५५ लाख रुपैयाँ धरौटी मागिएको उनका परिवारले जनाएको छ। झाकी बहिनी पूजा झाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै सहयोगको अपिल गरेकी हुन्।
बुधबार फेसबुकमा लेख्दै उनले विदेशमा एक्लै यस्तो कठिन अवस्थाको सामना गर्नु अत्यन्त पीडादायी हुने उल्लेख गर्दै परिवार र आफन्तले सक्दो प्रयास गरिरहेको भए पनि यति ठूलो रकम जुटाउन निकै कठिन भइरहेको बताइन्। उनले यस संवेदनशील अवस्थामा सम्पूर्ण नेपाली समुदायसँग सहयोगका लागि भावुक आग्रह गरेकी छन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया