काठमाडौं । हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ।

यही जेठ ५ गते बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। सोही दिन उद्धार गरी भियाललाई अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याइए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले बताए।

advertisement

घटनाको थप जानकारी लिनका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंह नेतृत्वको टोली अदानचुली गएको छ। अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत शव परीक्षणका लागि बाजुराको सामुदायिक अस्पताल कोल्टी लगिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com