काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले सरकारले जारी गरेको निर्देशिकाले विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबीच तालमेल नमिलेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यो निर्णयले शिक्षण संस्थामा नराम्रो धक्का पुगेको उल्लेख गरिन् ।
उनले भनेकी छन्, “एक वर्षभरिको पाठ्यक्रमलाई आइतबारको बिदाले प्रभावित पार्छ कि पार्दैन ?
सरकारले कि त पाठ्यक्रम संक्षेपीकरण गर्नुपर्यो, होइन भने आइतबारको बिदा विद्यार्थीका लागि थप बोझ साबित हुनेछ ।”
सांसद शर्माले हिउँदे र बर्खे बिदामा १५ दिन कटौती गरिए पनि बर्खायाममा बाढी र पहिरोको जोखिम हुने भन्दै आइतबारको बिदामा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया