सिड्नी। अस्ट्रेलियाको अदालतले एलन मस्कको सामाजिक सञ्जाल एक्सलाई बाल सुरक्षा सम्बन्धी अनलाइन नियम उल्लङ्घन गरेको भन्दै ६ लाख ५० हजार अस्ट्रेलियन डलर जरिवाना तिर्न आदेश दिएको छ ।

अदालतले कम्पनीलाई नियामकको कानुनी खर्चबापत थप १ लाख अस्ट्रेलियन डलर पनि तिर्नुपर्ने फैसला गरेको छ ।

advertisement

एक्सले आफ्नो गल्ती स्वीकार गरेपछि बिहीबार यो फैसला सुनाइएको हो । कम्पनीले ४५ दिनभित्र जरिवाना बुझाउनुपर्ने छ ।

यो मुद्दा सन् २०२३ मा सुरु भएको थियो ।

अस्ट्रेलियाको इन्टरनेट नियामक ईसेफ्टी कमिशनले बाल यौन शोषण सम्बन्धी सामग्री नियन्त्रणमा एक्सले के कदम चालेको छ भनी जानकारी माग्दा कम्पनीले पर्याप्त सहयोग नगरेको थियो ।

न्यायाधीश माइकल ह्वीलहानले ठूलो कम्पनी भएकाले उच्च जरिवाना मात्र प्रभावकारी हुने बताएका छन् ।

एक्स र अस्ट्रेलियाली नियामकबीच बालबालिकाको सुरक्षा, सेन्सरशिप र घटनाका भिडियो हटाउने विषयमा पहिलेदेखि नै विवाद रहँदै आएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com