काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनयन गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम रिक्त सदस्य पदहरूमा मनोनयन गरेका हुन्। पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा नयाँ सदस्यहरू थपिएका हुन्।

advertisement

मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्। मनोनित गरिएका तीनै जना सम्बन्धित क्षेत्रका विषय विज्ञ हुन्।

पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउन विषय विज्ञहरूलाई समितिमा समेटिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com