काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत चतुर्ब्यूह नारायण मन्दिर, नारायणहिटीमा पूजा–अर्चना तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले स्थापना दिवसको अवसर पारेर मन्दिरमा विशेष पूजा–अर्चना गर्नुका साथै मन्दिरको नित्य पूजा सञ्चालन र खानेपानी जगेर्नाका लागि पानी ट्याङ्की हस्तान्तरण गरेको हाे।
धार्मिक तथा सामाजिक क्षेत्रप्रति आफ्नो उत्तरदायित्वलाई निरन्तरता दिने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले उल्लेख गरेको छ। कार्यक्रममा बैंकका पदाधिकारी, कर्मचारी तथा मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया