काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सिद्धार्थनगर जिल्लाको नौगढ गाउँका अन्दाजी २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन्।

advertisement

उनी बुधबार साँझ करिब ६ः३० बजे साथीहरूसँग घुम्न आएका बेला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनापछि प्रहरी चौकी दोभानबाट खटिएको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रातभर खोजतलास गरेको थियो।

प्रहरीका अनुसार आज घटनास्थलदेखि करिब ५० मिटर दक्षिणतर्फ तिनाउ नदीको ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com