सांकेतिक तस्विर

एजेन्सी । युक्रेनले गरेको ड्रोन आक्रमणपछि रूसको दक्षिणी बन्दरगाह सहर नोभोरोसिस्कस्थित तेल डिपोमा भीषण आगलागी भएको छ । सहरका मेयर आन्द्रे क्राभ्चेन्कोले शनिबार उक्त जानकारी दिएका हुन् ।

मेयर क्राभ्चेन्कोका अनुसार मानव रहित ड्रोन (यूएभी) का भग्नावशेष तेल डिपो क्षेत्रमा खस्दा आगो लागेको हो । आक्रमणका क्रममा प्राविधिक तथा प्रशासनिक भवनहरूमा समेत क्षति पुगेको उनले बताएका छन् । ड्रोनका टुक्रा इन्धन टर्मिनल आसपास खस्दा थप जोखिम सिर्जना भएको जनाइएको छ ।

advertisement

उनले टेलिग्राममार्फत दिएको जानकारीअनुसार घटनामा कम्तीमा दुई जना घाइते भएका छन् ।

कालो सागर किनारमा रहेको नोभोरोसिस्क रूसको सबैभन्दा ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ । यही बन्दरगाहमार्फत रूसको ठूलो परिमाणमा कच्चा तेल निर्यात हुँदै आएको छ ।

रूसी रक्षा मन्त्रालयले भने आफ्नो हवाई सुरक्षा प्रणालीले रातभर युक्रेनबाट प्रहार गरिएका ३४८ वटा ड्रोनलाई निष्क्रिय पारेको दाबी गरेको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दुवै देशबीच युद्ध निरन्तर जारी छ । त्यसयता युक्रेनले रूसभित्रका विभिन्न क्षेत्रलाई लक्षित गर्दै नियमित रूपमा ड्रोन आक्रमण गर्दै आएको छ । किएभले रूसको ऊर्जा तथा तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको आर्थिक स्रोत कमजोर पार्ने रणनीति अपनाएको बताउँदै आएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com