काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा भोलि बोल्ने बताएका छन् ।

पार्टीका पदाधिकारीहरूबाट एकपछि अर्को गर्दै राजीनामा माग्न थालेपछि ओलीले बैठकमा बोल्दै पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको र विरोधीहरूसँग मिलेर पार्टी सक्न खोजिएको आरोप लगाए ।

advertisement

उनले आफ्ना कुराहरू भोलि सम्बोधन गर्ने बताएका हुन् ।

एक नेताका अनुसार ओलीले बैठकमा बीचबीचमा बोल्दै “तपाईंहरूको कुरा सुनिरहेको छु, भोलि म बोल्छु” भनेका थिए ।

हिजोदेखि चलिरहेको सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । हिजोको बैठकमा चर्काचर्कीसमेत भएको थियो ।

नेताहरूको कार्यविभाजन प्रस्तावको मूल एजेण्डासहित बोलाइएको बैठक अहिले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा केन्द्रित भएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com