काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले आज साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए।

advertisement

निरीक्षणका क्रममा भार प्रेसण केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत् माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत् आयात–निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराएका थिए।

निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र भरपर्दो विद्युत् आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताए। उनले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत् मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिए।

विद्युत् प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताए। उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com