काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशसहित बाँकी हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया