काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया