काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक तेस्रो दिन पनि जारी रहेको छ । पार्टीभित्र नेतृत्व, संगठन र आगामी रणनीतिका विषयमा नेताहरूबीच तीव्र बहस भइरहेको बताइएको छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । विकसित राजनीतिक परिस्थितिबारे व्यापक छलफल आवश्यक रहेको भन्दै उनले केन्द्रीय कमिटीमार्फत निर्णय प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

advertisement

यता, सचिवालयका केही नेताहरूले भने नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै ओलीको बहिर्गमनको माग गरेका छन् । पार्टीभित्र देखिएको विवाद र असन्तुष्टिलाई समाधान गर्न नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज बैठकमा उठेको बताइएको छ ।

बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले निष्कर्षमा पुग्न अझै समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com