काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने भएको छ।

प्रतिष्ठानका मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दोस्रो बैठकमा तय गरिएका उपसमिति संयोजकहरूले बैठकमा अवधारणापत्र प्रस्तुत गर्नेछन्।

advertisement

नेपाली कांग्रेस बैठकमा उपसमिति संयोजकहरूको जिम्मेवारी निर्धारण, प्रदेशस्तरीय कार्यक्रमको समीक्षा तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com