काठमाडौं। शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले वाचापत्रअनुसार काम अघि बढाइरहेको बताएका छन् ।

आइतबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गरे ।

advertisement

मन्त्रीले देशभरका सामुदायिक विद्यालयमा स्रोतसाधन वितरणलाई वैज्ञानिक र व्यवस्थित बनाउन २७ हजार विद्यालयको अध्ययन सुरु गर्ने जानकारी दिए ।

विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार पारिने उनको भनाइ छ ।

यसैगरी विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको बताउँदै मन्त्री पोखरेलले आठ वटा विश्वविद्यालयमा २ सय १८ जनाको आवेदन परेको उल्लेख गरे । यसले सरकारको निष्पक्षताप्रति विश्वास बढेको उनको दाबी छ ।

कार्यक्रममा मन्त्रीले निजी विद्यालयको शुल्क, दरबन्दी मिलान, सुकुमबासी बस्तीका विद्यार्थीको शिक्षा, स्थानीय पाठ्यक्रम, सार्वजनिक यातायात र विदेशी विश्वविद्यालयका कलेज नियमनलगायत विषयमा उठेका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नीतिगत समस्या रहेको भन्दै यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा स्थानीयवासी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा, खेलकुद र स्थानीय विकाससँग सम्बन्धित प्रश्न तथा सुझाव राखेका थिए ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com