काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ पुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लब मा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
देशको अन्तरिम शासन सञ्चालनको जटिल र चुनौतीपूर्ण समयको अनुभव बोकेकी कार्कीले सिर्जना गरेको यो पुस्तक प्रेम, आशा र सकारात्मक सोचको भावनाले भरिएको बताइएको छ।
आफ्ना नातिलाई समर्पित गरिएको पुस्तकमार्फत नयाँ पुस्तालाई प्रेरणा र संवेदनशीलताको सन्देश दिन खोजिएको कार्कीले बताएकी छन्।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया