काठमाडौं । सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो।

मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका बस्ने बन्दीपुरका १० वर्षीय युकेश विक छन्।

advertisement

मगरको शव स्थानीयले नदी किनारबाट निकालेका थिए। विक शव भने घटनालगत्तै पुगेको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले नदीभित्रबाट निकालेका थिए।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com