काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयताक्रम सच्याएको छ।

अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई तीन जना उपमहासचिवहरूमध्ये तेस्रो नम्बरमा राख्ने गरी प्रस्ताव गरे पनि सचिवालय बैठकले त्यसलाई परिमार्जन गर्दै दोस्रो वरीयता दिएको हो।

advertisement

यसअघि अध्यक्ष ओलीको प्रस्तावप्रति भट्टराई निकट नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। नवौँ र दसौँ राष्ट्रिय महाधिवेशनमा लगातार सचिव पदमा निर्वाचित भएका भट्टराई ११ औँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका हुन्। उनको सिनियरटी (वरिष्ठता)लाई ध्यानमा राख्दै सचिवालयले यो निर्णय लिएको हो।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आइतबार सम्पन्न सचिवालय बैठकले उपमहासचिवहरूको नयाँ वरीयताक्रम टुङ्गो लगाएको छ। परिमार्जित वरीयता अनुसार अब लेखराज भट्ट पहिलो, योगेश भट्टराई दोस्रो र रघुवीर महासेठ तेस्रो नम्बरमा रहनेछन्।

यो निर्णयसँगै पार्टीभित्र वरीयतालाई लिएर देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com