काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग जारी वार्तामा हतार नगर्न अमेरिकी प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम विस्तार, होर्मुजको जलडमरू पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता समावेश गरिएको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता रचनात्मक रूपमा अघि बढिरहेको बताए पनि दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्ने बताएका छन्। यसअघि उनले सम्झौता लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका थिए।

advertisement

इरानी सञ्चारमाध्यमहरूले भने अझै केही विषयमा असहमति रहेको जनाएका छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्तामा प्रगति भए पनि मुख्य मुद्दामा सहमति हुन बाँकी रहेको बताएका छन्।

सम्भावित सम्झौताले अमेरिकाको रिपब्लिकन पार्टीभित्र पनि मतभेद सिर्जना गरेको छ। केही नेताहरूले यसलाई इरानप्रति धेरै नरम भएको भन्दै आलोचना गरेका छन् भने केहीले यसलाई कूटनीतिक सफलता बताएका छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com