काठमाडौं । कानूनमन्त्री सोविता गौतम ले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

आज बसेको कानून, न्याय तथा संसदीय समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजना तयार गरिने जानकारी दिइन्।

advertisement

उनले राजनीतिक तहमा आवश्यक संवाद, समन्वय तथा परामर्श निरन्तर चलिरहेको बताउँदै विभिन्न दल तथा सरोकारवालासँग नियमित छलफल भइरहेको उल्लेख गरिन्।

मन्त्री सोविता गौतम का अनुसार संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था र आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्न विस्तृत ‘पोजिसन पेपर’ तयार गरिनेछ।

उनले जनआन्दोलन र शान्ति सम्झौतापछि भएका कामहरूको एकीकृत अभिलेख नहुँदा प्रक्रिया जटिल बनेको उल्लेख गर्दै पीडितहरूलाई राज्यसँग कसरी जोड्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताइन्।

मन्त्री गौतमले सरकारले संक्रमणकालीन न्यायलाई प्राथमिकतामा राख्दै पुराना अभिलेख तथा दस्तावेज सङ्कलन गरी व्यवस्थित अभिलेखीकरणको काम तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com