बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सभा भवनमा उनलाई मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले स्वागत गरेका थिए ।

advertisement

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने तथा सडक, पुललगायत पूर्वाधार विस्तारलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।

त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, नागरिकलाई सहज सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनलाई पनि प्राथमिकतामा समेटिएको छ ।

युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई विशेष महत्व दिइएको सरकारले जनाएको छ । प्रदेश सरकारले आगामी वर्ष विकास, उत्पादन र रोजगारी केन्द्रित योजनामार्फत आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com